पूर्वराजा ज्ञानेन्द्र विप्लव नेकपाको बन्दको अवज्ञा गर्दै सर्लाहीमा

चैत १, सर्लाही | नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् । 

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे । पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएका थिए । 

उहाँलाई नवलपुर चौकदेखि मलंगवा सम्मको विभिन्न गाउँ तथा चौक सडकमा रहेका नागरिकले स्वागत गर्नुका साथै ‘‘राजा आउ देश बचाउ’’ ‘‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’’ जस्ता नारा लगाएर जयजयकार गरेका थिए ।

राष्ट्रिय झण्डा सहित सहभागि भएका नागरिकले हिन्दुराज्य हुनुपर्ने र देश बचाउन राजा आउन पर्ने भन्दै सडक सडकमा तुल ब्यानर टासेका सथए ।

सो ठाउँमा नागरिकको बाक्लो उपस्थित भएपछि सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो। शाह सदरमुकाम मलंगवा रहेको दुर्गा भगवती मन्दिरमा पुजाअर्चना लगत्तै नागरिकको तर्फबाट गरिने अभिनन्दनमा सहभागि हुन नजिकै एक पार्टी प्यालेस पैदल हिडेर आईपुग्नु भएको थियो।

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द अवज्ञा गर्दै कडा सुरक्षा बिच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा आईपुग्नु भएको हो ।

शाहलाई भेट्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी दोण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले होटलमा पुग्नु भएको थियो।

त्यसैगरी शाहलाई भेट्न राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिव सेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो। शाहसँग पुर्वमन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठले मात्र भेट गरेका थिए। नजिकबाट पुर्व राजालाई हेर्न चाहेका नागरिकले भेट्न नपापछि उनीहरूले आक्रोश व्यक्त गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here