तराईमा मधेशमा भोली र पर्सी मनाइने होली पर्वको लागि प्रदेश २ सरकारले दुईदिन सार्वजनिक विदा घोषणा गरेको छ ।
प्रदेश २ सरकारले चैत ७ र ८ अर्थात भोली बिहीबार र पर्सी शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । हिमाली र पहाडी जिल्लामा भने आज होली पर्व हर्सोल्लासपूर्वक मनाईदै छ । मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने परम्परा छ ।
मध्यमा परिक्रमा बुधबार जनकपुर आइपुगेर भोली बिहीबार विहान जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन हुन्छ । त्यस कारण मिथिलाञ्चलमा शुक्रबार होली पर्व मनाइने जनकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।
होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामना समेत व्यक्त गरेको छ ।