आठौँ राष्ट्रिय खेलकुदको मिति तय, वैशाख ५ देखि सुरु हुने

काठमाडौँ – तयारी नपुगेको भन्दै लामो समयदेखि सर्दै आएको आठौँ राष्ट्रिय खेलकुद अब बैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

शुक्रबार बसेको राखेपको बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।

पटकपटक सर्दै आएको प्रतियोगिता अब भने तोकिएको मितिमै हुने राखेपका सदस्य सचिव केशव विष्टका प्रेस सल्लाहकारले बताए ।

प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशलाको निर्माण कार्य नसकेपछि अन्यौलता छाएको थियो । अहिले रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here