भारतीय तरकारी चेकजाँच नगरेको सरकार नेपाली तरकारी जाँच गर्दै

काठमाडौं । तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारी जाँच नगर्ने भनेपछि कालीमाटी तरकारी बजारमा नेपालमै उत्पादित तरकारीहरूको मात्र विषादी परीक्षण हुने गरेको खुल्न आएको छ । द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले आइतबार नेपालमा उत्पादित तरकारीको विषादी परीक्षण गरिएको जानकारी दिएको छ । नेपाल सरकारले भारतबाट आउने सबै तरकारी र फलफूलको विषादी परीक्षण गर्ने बताएको थियो तर मेसिन अभाव भन्दै तत्कालका लागि भारतीय तरकारीको विषादी परीक्षण गरेको छैन । नेपालमा उत्पादन भएका तरकारीको विषादी नभएको प्रयोगशाला इकाइका प्राविधिक जागेश्वर शर्माले बताए । उनका अनुसार नेपालमा उत्पादन भएका तरकारीभन्दा भारतका तरकारीमा बढी विषादी भएको खुल्न आएको छ । आज कालीमाटीमा विभिन्न प्रकारका नेपाली तरकारीको परीक्षण गरिएको शर्माको भनाइ छ । उनका अनुसार स्थानीय बजारमा उत्पादित भिन्डी,प्याज, आलु ,बोडी र आलुको विषादी परीक्षण गरिएको हो । सरकारको अर्को आदेश नभएसम्म नेपालमा उत्पादित तरकारीको मात्र विषादी परीक्षण गरिने उनले प्रतिक्रिया दिए । नेपाली बजारमा उत्पादित तरकारीमा पनि विषादी पाइने भएकोले विषादी परीक्षण गर्नुपरेको उनले स्पष्ट पारे । तर अहिले धेरैलाई अच्चम लागेको छ कि नेपाली तरकारी जाँच गर्न मिल्ने प्रविधिले भारतीय तरकारी किन गर्न सक्दैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here