गुल्मी, सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक र ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भइसकेको छ भने ३ जना अझै वेपत्ता छन्।आइतबार राति गएको पहिरोका कारण ५ घर पुरिएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ। मृत्यु हुनेमा ३ ठुलोलुम्पेकका ३० वर्षीय तिलकुमारी तरामु, १० वर्षीय दर्शन तरामु रहेका छन् ।त्यस्तै, वडा नम्बर ४ का लिम्घाका ६५ वर्षीय छल्लली विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक, १० वर्षीय हेमन्त विक, भिरकुनाका ३२ वर्षीया निर्मला विक, २९ वर्षीय पम्फा विक, १२ वर्षिय अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीय छली विक, ९ वर्षीय सिवानी विक, ९ वर्षीय तारा विकको ज्यान गएको छ।उक्त पहिरोमा एक वर्षीय बच्चाको समेत मृत्यु भएको स्थानीय वडा सदस्य अर्जुन तरामुले जानकारी गराए। १० वर्षीय करिस्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ।गुल्मीको दुर्गम क्षेत्रमा पर्ने सत्यवती गाउँपालिकामा आइतबार राति ३ बजेदेखि पहिरो गएको स्थानीयले बताएका छन्।