काठमाडौं, १४ साउन । पूर्व उपसचिव विष्णुप्रसाद शर्माको कलङ्कीस्थित घरमा गोली प्रहार भएको छ ।सिकार खेल्न प्रयोग गरिने इजाजत प्राप्त हतियारबाट उनको घरमा गोली प्रहार भएको जनाइएको छ । काठमाडौं–१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको प्रहरीले जनाएको छ । एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ ।
ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइ’फल बरामद गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार दुवै राइ’फल इजाजतप्राप्त नै हुन् । सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइ’फलको दुई एमएम गो’लीले छेडेको थियो । २२ र १२ दुवै राइ’फल सिकार गर्दा प्रयोग हुँदै आएका छन् ।
उक्त राइ’फलबाट झ्याल छेडेपछि शर्माले प्रहरीलाई खबर गरेका थिए । गो’लीले झ्याल छेड्दा शर्माकी छोरी पढिरहेको बताइएको छ । २२ बोर हति’यार र कोठामा भेटिएको गो’लीको खोका परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउन लागिएको छ । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।