काठमाडौं, २२ साउन । बालुवाटारस्थित ‘सुविसु’ भवनमा भिषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौं र ललितपुरका दमकल प्रयोग गरिएको छ ।अहिले आगो निभाउन दलकलका कर्मचार, सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।
भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ । यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन् । आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन् । आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ ।