अब बाबुराम भट्टराई पनि सत्तापक्ष

काठमाडौं, ५ भदौं । प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सिट सरेको छ । उनी सभामुखको दायाँतर्फ सत्तापक्षको लहरको कुर्सीमा बस्न थालेका छन् ।निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको पत्राचार गरेसँगै बाबुराम भट्टराई सत्तारुढ सांसद बनेका छन् ।उनी प्रतिपक्षी राजपाका सांसदसँगै प्रतिपक्षीको लहरमा बस्दै आएका थिए । एकीकृत भएर बनेको समाजवादी पार्टी हाल सरकारमा सहभागी छ । उनी सत्तापक्षको लहरमा बस्न थालेका हुन् ।

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले पार्टी एकीकरण भइसकेको भन्दै केही दिनअघि सभामुखलाई बाबुराम भट्टराईको सिट देखाई दिन आग्रह गरेका थिए ।सभामुखको कुर्सीमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगको पत्र नआएको बताएकी थिइन् । प्रतिनिधि सभाको शून्य समयमा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले भट्टराईलाई स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here