काठमाडौ । काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर बीचमै फोर्स ल्याण्ड भएका छन् । लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर एक्कासी मौसममा खराबी आएपछि फोर्स ल्याण्ड भएका हुन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिइएको छ ।
पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भए भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १–१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् ।
मनाङ्ग एयरको दुबै हेलिकप्ट ५ं–५ विदेशी यात्रु, कैलाश एयर २ विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार छन् । त्यसै गरी चार जना चालक दलका सदस्यहरु पनि रहेको जानकारी दिइएको छ । खराब मौसमका कारण काठमाडौंसम्म आउँन नसकेको अनुमान गरिएको भए पनि आधिकारीक जानकारी आएको छैन । हेलिकोप्टर खुल्ला रहेका खेत र बारी ल्याण्ड गरिएको छ ।