काठमाडौं– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फांसी (मृत्युदण्ड)को सजाय सुनाइएको छ । मुशर्रफ भने अहिले पाकिस्तानमा छैनन् । उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । पाकिस्तानको इतिहासमा पहिलोपटक लाहोर उच्च अदालत ३ जना न्यायाधीशको इजलाशले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको हो ।
मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी पाइएको हो सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो । मुशर्रफलाई ३१ मार्च २०१४ मा अदालतले उक्त प्रकरणमा दोषी ठहर गरेको थियो । पाकिस्तानी सेनाका प्रमुख मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।