कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आउँदो १० गतेका लागि सरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ पौष ४ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७६ पौष १० गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।’

यस अघि सभापति शेरबहादुर देउवाले बुधबार पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्य प्रकाशमान सिंह र नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here