चिकित्सा शिक्षा आयोगको उपाध्यक्षले २० करोड घुस मागे : दुर्गा प्रसाईं

काठमाडौँ– बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन्  बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईले झापाको धाइजन–४ स्थित मेडिकल कलेजको सम्बन्धनका लागि २० करोड रुपैयाँ मागेको आरोप लगाएका हुन्। गत मंसिर १५ गते प्रसाईले द्वारिका होटलमा गिरीलाई भेटेका बेला गिरीले आफूभन्दा माथिल्लो तहका नेताहरुलाई रकम दिनु पर्ने भन्दै उक्त रकम मागेको प्रसाईले बताए।

‘यो रकम मैले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठलाई पनि बुझाउनु पर्छ भन्नुभयो। एक करोडसम्म भएको भए कुरा अर्कै थियो। यत्रो रकम म दिन सक्दिनँ भने’, उनले थपे, ‘मैले रकम दिन नसक्ने भनेपछि कलेजको सम्बन्धन रोकिएको हो। रकम नपाएकै निहुँमा गिरीले बी एण्ड सीको सम्बन्धन रोके।’ शिक्षा विधेयक आइसकेपछि काठमाडौँ बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको भन्दै उनले भने बी एण्ड सीलाई किन दिइएन ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here