नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ । बैठकमा सभामुखको उम्मेदवार चयन गर्नेलगायत विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार मात्रै उपसभामुख शिवमाया तुम्वाहाम्फेले नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपि ‌ओली र प्रचण्डसँग भेट गरेकी थिइन् ।

भेटमा तुम्बाहाम्फले आफ्नो दाबी सभामुखमा रहेको अडान कायम राखेकी थिइन् । यसअघि दुईपटक स्थगन भएको प्रतिनिधिसभा बैठक आइतबारका लागि डाकिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई त्यती वेलासम्म सभामुखको टुङ्गो लगाइ सक्नु पर्नेछ ।

सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको काण्डमा मुछिएपछि अहिले सभामुख पद रिक्त रहेको छ । जसका कारण संसदका कामहरु अघि बढ्न सकेका छैनन् । नेकपाका अध्यक्ष द्‍वयको आ-आफ्नो अडानका कारण सभामुखको टुंगो लाग्न सकेको छैन । आजको बैठक त्यसै विषयमा केन्द्रीत रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here