नेपालमै मृत्यु भए पनि ७ लाख : वैदेशिक रोजगार

काठमाडौं । सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधीमा नेपालमा रहदा जसरी मृत्यु भएपनि मृतकका आफन्तले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख रुपैयाँ पाउने छन् ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार बसेको बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो । यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आइ विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीका नजिकका हकवालाले आर्थिक सहायता स्वरुप जनही ७ लाख रुपैयाँ पाउने भएका छन् । २०७४ अघि मृत्यु भएका श्रमिकको हकमा भने ३ लाख रुपैयाँ पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here