काठमाडौं- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ। समितिको मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको हाे।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले भने, ‘अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, सही छ भन्ने निष्कर्ष निकालियो। लकडाउन निरन्तर रहन्छ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए।
सचिव बिडारीले लकडाउन कति समय थप्ने बारेमा केही बताएनन्। लकडाउन थप गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउन २५ गते सकिँदै छ।