५ जेठ । मन्त्रिपरिषद बैठक सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
उक्त बैठकमा विदेशबाट फर्कन चाहने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल हुने बताइएकव छ । कोरोनाका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउनेबारे सरकारले तयारी गरिरहेको एक मन्त्रीले जानकारी दिए ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो।