नेपालमा हालसम्म ४९ जनाले जिते कोरोना

काठमाडौं- नेपालमा ४ सय ५४  कोरोना संक्रमितमध्ये हालसम्म ४९ जना निको भएर घर फर्किएका छन् । विहीबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएसँगै निको हुनेको संख्या ४९ पुगेको हो ।

आज निको हुनेमा ३२ र २५ वर्षीया महिला तथा ३७ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म कोरोना भाइरसको महामारीका कारण नेपालमा ३ जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here