काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । आज २५० जना थपिएका हुन् । बुधबार २७९ जना थपिएका थिए । मंगलबार पनि ३२३ जना नयाँ संक्रमित थपिएका थिए यस्तै सोमबार पनि ३१४ जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । यस्तै उपचारपछि निको हुनेको संख्या ८६१ पुगेको छ । मृत्यु भएकाको संख्या १५ रहेको छ । हाल सम्म देशका ७२ जिल्लामा संक्रमित देखिएका छन् ।