जापानी प्रधानमन्त्रीको राजीनामा

काठमाडौं– जापानी प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण उनले राजीनामाको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ। कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्त्री आबेको आलोचना भइरहेको छ। कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ।

अस्पतालमा प्रधानमन्त्री आबेको एक साताबीच शरीरका विभिन्न भागको जाँच गरिएको छ। उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। सिन्जो आबेले सोमबारमात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here