जग्गा विवादका कारण झडप हुँदा १३४ जनाको मृत्यु

एजेन्सी- अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा १सय ३४ जनाको मृत्यु भएको छ । बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातीसँग भएको विवादपछिको आक्रमणमा १३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको टोलीलेजनाएको छ ।

शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणमा यति ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेका बताइएको छ ।घटनामा फुलानी जनजाति समुदायका मानिसको ज्यान गएको हो । मालीमा जनजाति तथा विद्रोही गतिविधि बढ्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here