श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् ।आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा विस्फोट भएको थियो ।अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो ।यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको छ ।विस्फोटमा परी थुप्रै विदेशी नागरिक मारिएको आशंका गरिएको छ । कोलम्बो अस्पतालले ९ विदेशी नागरिक मारिएको पुष्टि गरेको छ ।
इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा प्रार्थना हुन्छ ।विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षाबारे आपतकालीन बैठक बोलाएका छन् ।
श्रीलंकामा भएको चर्च बम बिस्फोट घटनामा नेपालीहरु सुरक्षित रहेका छन् ।चर्चमा भएको बम बिस्फोट घटनामा नेपालीहरु नपरेको कोलेम्बोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख धना जोशीले जानकारी दिए । जोशीले टेलिफोनमार्फत घटनामा कोही नेपाली नपरेको र सबै सुरक्षित रहेको जानकारी दिए । बिस्फोटमा परी अहिलेसम्म १ सय ३८ जनाको ज्यान गइसकेको छ ।