काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ७३४ जनाको ज्यान गएको छ ।
त्यस्तै १६लाख ९९ हजार ६३१ जनालाई कोरोनाको संक्रमण भएको छ भने ३ लाख ७६ हजार ३२७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै विश्वभर महामारीका कारण ४९ हजार ८३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म् विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म १८ हजार ७४७ जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा १६ हजार ८१, इटालीमा १८ हजार ८४९, फ्रान्समा १३ हजार १९७, जर्मनीमा २ हजार ७३६, चीनमा ३ हजार ३३९, बेलायतमा ८ हजार ९५८, ईरानमा ४ हजार २३२, टर्कीमा १ हजार ६, बेल्जियममा ३ हजार१९, स्विट्जरल्याण्डमा १ हजार २, नेदरल्याण्डमा २ हजार ५११,क्यानडामा ५६९, ब्राजिलमा १ हजार ७४, पोर्चुगलमा ४३५, अष्ट्रियामा ३१९, रुसमा ९४, द. कोरियामा २०८, इज्रायलमा ९५, स्विडेनमा ८७०, आयरल्याण्डमा २८७ र भारतमा २४९ जनाको ज्यान गएको हो ।