कोरोनाभाइरस बारे चीनलाई ट्रम्पको चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस यदि चीनले नियोजित रुपमा फैलाएको पुष्टि भए त्यसको परीणाम भोग्न तयार हुन चेतावनी दिएका छन्।

यसअघि पनि राष्ट्रपति ट्रम्पले चीनमा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्यामा विश्वास नलागेको भन्दै चीनमा अमेरिकामा भन्दा बढीको मृत्यु भएको हुनसक्ने आशंशा व्यक्ति गरेका थिए।

ट्रम्पले कोरोनाभाइरस (कोविड–१९) लाई लिएर रहस्यमय अनुमान। यो बिमारीसँग जोडिएको तथ्यको पारदर्शितामा कमी र सुरुवाती चरणमा चीनले अमेरिकालाई गरेको असयोगप्रति निराशा जनाएका छन्।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले भने, –यदि चीनले थाहा पाएरै कोरोना भाइरस फैलाएको हो भने त्यसको परिणाम भोग्न चीन तयार हुनुपर्छ, तपाईँलाई थाहा छ, तपाइँ जीवनको कुरा गर्दै हुनुहुन्छ, १९१७ देखि यस्तो कसैले पनि देखेको छैन।’

ट्रम्पले जबसम्म कोरोनाभाइर संक्रमण पूरै विश्वमा फैलिरहेको छ, त्यो भन्दा पहिला आफ्नो चीनसँग निकै राम्रो सम्बन्ध रहेको बताएका छन्।

चीनसँग व्यापार सम्झौता गर्दाको समय स्मरण गर्दै ट्रम्पले भने–हामी सम्झौता गर्दै थियौं, त्यो बेला चीनसँगको सम्बन्ध निकै राम्रो थियो। तर अहिले यसमा निकै ठूलो अन्तर आएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here