भारतको कानपुरमा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ सुरक्षकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक सहायक एसपी समेत रहेको जनाएको छ ।
घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरु गाउँमा सो घटना भएको बताइएको छ । प्रहरीले सूचनाका आधारमा एक घरमा छापा पार्न जानेक्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । घर भित्र र छतबाट गोली प्रहार भएपछि प्रहरीमा ठुलो क्षति भएको बताइएको छ ।
घटनाप्रति दुख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अपराधीहरुविरुद्ध कडा एक्सन लिन निर्देशन दिएका छन् ।