काठमाडौं । भारत उत्तर प्रदेशका चर्चित ग्या’ङस्टार विकास दुवे प्रहरी इ’न्का’उन्टरमा मा’रिएका छन्। एक साता अघि ८ जना प्रहरीको ह’त्या गरेर फरार रहेका दुवेलाई प्रहरीले मध्य प्रदेशको उज्वेनमा पक्राउ गरेको थियो। उनलाई भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ)ले नियन्त्रणमा लिएर कानपुर ल्याइँदै थियो।
दुवेले प्रहरी नियन्त्रणबाटै भाग्न खोजेपछि इ’न्काउ’न्टरमा परेका हुन् । उनलाई ल्याउँदै गरेको प्रहरीको एउटा गाडी दुर्घटनामा परेको छ। वर्षाका कारण गाडी दुर्घटनामा परेलगत्तै दुवे भाग्न खोजेका थिए । भाग्न खोजेपछि उनलाई इ’न्काउ’न्टर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही प्रहरीघाइते भएका छन्। दुवे उज्वेनको मन्दिर बाहिर बिहीबार पक्राउ परेका थिए।
टाइम्स अफ इन्डियाका अनुसार दुवे ८ प्रहरीको ह’त्यापछि प्रहरीबाट बच्न लगातार भागिरहेका थिए। यसबीचमा उनी भारतका ५ राज्यमा पुगेको र १५ सय किलोमिटर दुरी तय गरेको समाचारमा उल्लेख छ। उनी फरार भएलगत्तै केही भारतीय मिडियाले नेपाल प्रवेश गरेको समाचार सार्वजनिक गरेका थिए। यद्यपि, १५ सय किलोमिटर दुरी तय गरेका उनी भारतभित्रै समातिएका थिए।
उज्वेन मन्दिरमा पूजासामा बेच्ने व्यक्तिले पहिचान गरेपछि उनले प्रहरीलाई खबर गरेका थिए। फरार रहेका दुवेको शिरको मूल्य समेत तोकिएको थियो। मो’स्ट वा’न्टेड रहेका उनीमाथि ५ लाख रुपैयाँ पुरस्कार राखिएको थियो।’
कानपुरमा आठजना प्रहरीको ह’त्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।