भारतमा दैनिक नयाँ कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ।
भारतमा गएको २४ घण्टामा ७० हजार ४२१ नयाँ संक्रमित थपिँदा ३ हजार ९२१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि आइतबार ८० हजार ८३४ नयाँ संक्रमित थपिएका थिए। यो संख्या गत अप्रिल २ यताकै कम थियो।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९५ हजार पुगेको छ भने यहाँ ३ लाख ७४ हजारको कोरोनाको कारण ज्यान गएको छ।
कोरोनाको प्रभाव घट्दै जाँदा भारतका विभिन्न स्थानमा लागू गरिएको लकडाउन खोलिएको छ।