उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव संविधान दिवसमा सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन्।
संविधान जारी भएको असोज ३ गते सरकारले घरघरमा दीपावली गर्न आह्वान गरिरहेको छ।
उपप्रधानमन्त्री यादव भने दिवस छल्न अमेरिका उड्ने तयारीमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्।
यादव नेतृत्वको समाजवादी र राष्ट्रिय जनता पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका छन्। यी दलले संविधान संशोधनको माग गर्दै आएका छन्।
गत वर्ष सरकारमै रहे पनि पार्टीभित्रै विवाद निम्तेपछि यादव संविधान दिसमा सहभागी भएनन्।
यसपटक विवाद छल्न यादव अमेरिका उड्न लागेको उनीनिकट एक नेताले बताए। ‘उहाँ दुई साताका लागि अमेरिका जाँदै हुनुहुन्छ, असोज १४ मा स्वदेश फर्किने कार्यक्रम छ,’ उनले भने।