भारतद्वारा ३० हजार थान कोभिड–१९ पिसिआर टेस्ट कीट प्रदान

काठमाडौं, ४ जेठ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरे ।

भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् । गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।

औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीचको जारी सहकार्यलाई दर्शाउँदछ ।

२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो । भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here