नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका १-१ जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा ६ पुरुष र २ महिला छन्। यस्तै उमेर समूहमध्ये एक जना २ वर्षीया बालिका छिन् भने एक जना ७० वर्षीय पुरुष छन्। चार जनाकाे उमेर २५ वर्षमाथि र ४१ वर्षमुनि छ। एक जना ५६ वर्षका छन्। मृतकमध्ये चार जना भारतबाट फर्किएका हुन्। तीमध्ये ३ जनाको क्वारेन्टिनमा बसेका बेला निधन भएको हो। एकजनाको भने भारतबाट आउँदाआउँदै बाटैमा मृत्यु भएको थियो।

नेपालमा अहिलेसम्म १५६७ जना संक्रमित भएका छन्। यीमध्ये २२० जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here