भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजार ६ सय नौ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा थप आठ हजार तीन सय ८० नयाँ संक्रमित फेला परेका जनाएको छ ।
भारतमा कुल संक्रमितमध्ये ८६ हजार नौ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।