मोटरसाइकलमा २ जना चढ्न नपाउने, कारमा चालकबाहेक २ जना मात्र

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै मोटरसाइकलमा एकजना मात्र चढ्ने व्यवस्था गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले त्यस्तो निर्णय भएको बताए । त्यस्तै सवारी साधनको हकमा काठमाडौं उपत्यका र बाहिरका जिल्लामा जोर बिजोरका माध्यमबाट सवारी सञ्चालन गर्न दिने निर्णय भएको खतिवडाले बताए । निजी सवारी साधन मात्र चलाउन दिइएको र त्यसमा चालकबाहेक दुइ जना बस्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here