काठमाडौ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको लागू अधिवेशन विहीबार अपरान्ह ५ बजेबाट लागू हुनेगरी अन्त्य गरेकी छिन् ।
विहीबार मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
संसद अधिवेशन अन्त्य गर्दै भण्डारीले भनेकी छिन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/३/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन २०७७ असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।