काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख गुरुङ र लुम्बिनी प्रदेश प्रमुख शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् ।
समारोहमा उपराष्ट्र नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् ।
मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।