रेशमको रिहाइ र संविधान संशोधन माग गर्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बिहान अध्यक्ष ठाकुरले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्नुपर्ने, विभिन्न आन्दोलनमा लगाइएका झूटा मुद्दा फिर्ता गर्ने, महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीलाई अविलम्बन रिहा गर्नुपर्ने लगायत माग छन् ।
संविधान संशोधन गर्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, पूर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्ने/गराउने लगायत माग ज्ञापनपत्रमा उल्लेख छन् ।

पढ्नुहोस् ज्ञापनपत्र –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here