जनकपुरधाम, भदौ २ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना अनुसार संविधान सशोधन हुने बताउनुभएको छ । शनिवार प्रदेशसभा २ मा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहनुभएको ओलीले संविधान गतिशील दस्तावेज भएकाले जनताहको चाहना अनुसार संशोधन भइरहने बताउनुभयो ।
‘तपाईहरुलाई संविधानमा विभेद लागेको छ भने भन्नुस्, हामी शंशोध गर्छौं ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी पहिलादेखि नै विभद विरुद्ध लड्दै आएको छौं ।’ उहाँले प्रदेश २ को विकासप्रति संघीय सरकार र आफु चिन्ति रहेको समेत बताउनुभयो ।
प्रदेश २ मा विकासका असाधारण सम्भावनाहरु रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यहाँको जमिनहरुमा सिँचाईको व्यवस्था र कृषिलाई आधुनिकीकरण गर्न सके प्रदेश २ लाई मात्र पुग्ने होइन चार गुणभन्दा बढी अन्न उत्पादन हुन्छ ।’
प्रदेश २ मा अन्त उत्पादन बढाउन सिंचाईको योजना सुनसरी मिरन कमला डाइभर्सन योजना , चुरेक्षेत्रमा ठुल ठुला ड्याम बनाएर सिंचाईको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको भनाई छ ।
अर्को प्रसंगका प्रधानमन्त्री ओलीले प्रदेश नं. २ गौरब पूर्ण ईतिहास बोकोको भूमि र पवित्र भूमि भएको चार्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश २ को चर्चा गर्दै भन्नुभयो ‘पहिला ज्ञात भूमि र ज्ञानको ज्योती बल्ने यस स्थानमा महिलाहरुको सम्मान हुन्थ्यो, तर हाल महिलाहरुको अपमान गर्ने कार्यहरु भइरहेको छ ।’ भन्दै उहाँले चिन्ता व्यक्त गर्नुृभयो ।
चीन र भारत दुवैसंग मिलेर नेपाल अघि बढिरहेको बताउँदै अन्तराष्ट्रिय सम्बन्धहरु समेत नेपालको राम्रो रहेको बताउनुभयो । पाँच वर्ष भित्र यस प्रदेशमा हुलाकी सडक बन्ने र त्यसमा मज्जाले दौडन सकिने प्रधानमन्त्री ओलीको भनाई छ ।
लोकतन्त्र राम्रो भएको भन्दै उहाँले त्यसलाई स्थापना गर्न जनप्रतिनिधिले व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । तर जनता निराश हुनु लोकतन्त्रको सबैभन्दा खतरनाक कुरा रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रदेश २ को आठ वटै जिल्लामा जनता आवास कार्यक्रमलाई पभावकारी बनाउन समेत प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रत्येक जिल्लामा १ हजार घर निर्माण गर्न प्रदेश सरकार र स्थानीय सरकारले एकीकृत वस्ती निर्माण गर्न उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले झण्डै डेढा घण्टा प्रदेशसभामा सम्बोधन गर्नुभएको थियो