काँग्रेसको अवरोधले प्रदेश २ सभा बैठक स्थगित

जनकपुरधाम, फागुन ४ गते ।
नेपाली कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूची अनुसार शनिबार बसेको ४८ औं बैठक सुरु भएको पाँच मिनेट नबित्दै काँग्रेस सांसदहरुको अवरोधले स्थगित भएको हो ।

बैठक सुरु भएपछि कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोक्दै बोल्ने समय मागेपछि उनलाई बोल्न सभामुख सरोजकुमार यादवले समय दिएका थिए । वीरगञ्जमा बिपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश २ सरकारले जबरजस्ती सहिद पार्क बनाउन लागेको विरोध गर्दै कांग्रेसले बैठकमा अवरोध गरेको हो ।

‘एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन्न’, उनले भने, ‘त्यसैले प्रदेश सरकारको सहिद पार्क बनाउने कार्यक्रम फिर्ता लिनुपर्छ ।’
उनले सार्वजनिक खेला समितिको विषयमा नेकपामा भएको विवाद र कृते हस्ताक्षरप्रति पनि गम्भीर हुन सदनलाई आग्रह गरे ।

सचेतकको विरोध पछि कांग्रेसका सबै सांसदले उभिएर सदन अवरुद्ध गरेका थिए । सभामुख यादवले यस विषयमा सरकारले उचित जवाफ दिने आश्वासन दिए पनि कांग्रेस सांसदले आवरोध जारी राखेपछि प्रदेशसभा बैठक फाागुन १५ गते सम्मको लागि स्थगित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here