डा. सिके राउतले खोले नयाँ राजनीतिक पार्टी ,चुनावमा जाने निर्णय

पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक रहेका डा. सिके राउतले नयाँ पार्टी खोलेका छन् ।

मूलधारको राजनीतिमा आउने गरी सरकारसँग सम्झौता गरेका सीके राउतले आफ्नो दलको नाम परिवर्तन गरेका छन्।

सिरहामा सम्पन्न उनको दलको राष्ट्रिय परिषदको राष्ट्रिय परिषद बैठकले दलको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो।

तराई मधेशलाई नेपालबाट पृथक गर्ने सन्देश दिने गरी यसअघिको ‘स्वतन्त्र मधेश गठबन्धन’ नाम परिवर्तन गरी नयाँ नाम राखिएको हो।

सोही नामबाट नै राउतले २४ फागुनमा सरकारसँग ११ बुँदे सहमति गरेका थिए, त्यस्तो नामको संगठनसँग सरकारले सहमति गरेकोमा सरकारको आलोचना भएको थियो।

बैठकले ‘जनमत पार्टी’ को केन्द्रीय समिति ३५ सदस्यीय रहने गरी अध्यक्षमा राउतलाई नै चयन गरेको छ।

बैठकले पार्टीको नाममात्र परिवर्तन गरेको छैन, निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयका साथ निर्वाचन चिन्ह ‘अष्टदल’ राख्ने निर्णय पनि गरेको छ।

बैठकले अहिलेपनि हिरासतमा रहेका कैलाश महतोसहित ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

निर्वाचित केन्द्रीय समिति निम्न बमोजिम छः
राजकुमार यादव (सिरहा) 
अब्दुल खान (बर्दिया), 
चन्दन सिंह (महोत्तरी), 
बबिता इसर (सप्तरी), 
कौशिला महतो (झापा), 
परमेश्वर मुर्मु (मोरङ) 
सीताराम पण्डित (सुनसरी)
सुरेन्द्र शर्मा (सप्तरी)
सरिता यादव (सिरहा) 
इन्द्रजीत यादव (धनुषा)
सञ्जय यादव (महोत्तरी) 
नरेश कुशहवा (सर्लाही) 
दुर्गा चौहान (नवलपरासी) 
आशा मेहता (सुनसरी) 
वीरेन्द्र साह (रौतहट)
भोपेन्द्र यादव (रुपन्देही) 
हकिकुल्ला खान (कपिलबस्तु)
राधा यादव (दाङ)
इरफान अहमद शेष (बाँके)
महेन्द्र प्रसाद चौधरी (कैलाली)
दिनेश यादव (बारा)
सञ्जय शाह (पर्सा)
ध्रुब गौड (नवलपरासी) 

केन्द्रीय समितिका बाँकी १० सदस्य पछि पदपूर्ति गरिने बैठकपछि जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।

संविधान बमोजिम आफ्ना गतिविधि गर्ने बताउँदै विज्ञप्तीमा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि चन्दन सिँहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन समिति गठन गरिएको विज्ञप्तीमा बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here