काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसवादी दल तथा प्रदेश सरकारको भ्रममा नपर्न मधेसी नागरिकलाई आग्रह गरेका छन् ।
पार्टी गठनपछि पहिलोपल्ट जनसभालाई सम्वोधन गर्दै उनले मधेसवादी दलले मधेसी जनतालाई भ्रममा पार्नेबाहेक अन्य काम नगरेको राउतले दाबी गरे । ‘मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउँदै छन,’ उनले भने।
सिरहाको मिर्चैयामा शनिबार आयोजित पार्टीको प्रथम जनसभामा अध्यक्ष राउतले सरकारसँग गरेको सम्झौता बारे खोजिनीति लिने औकात मधेुवादी दलमा नभएको पनि बताए ।
उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको पनि बताएका छन् । उनले सप्तरीको मलेठ घटनाको बेला मधेसवादी दल पनि सरकारमा रहेको तर पाँच जना मधेसीको हत्या हुँदा पनि सरकार नछाडेको भन्दै मधेुबादी दलको आलोचना गरे ।