समाजवादी पार्टी नेपाल घोषणा

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादवले बीपी कोइरालाको को नाम भजाएर समाजवाद नआउने बताएकी छन् । पार्टी घोषणा सभामा यादवले आफ्नो पार्टीले नेपाल सुहाउँदो समाजवाद ल्याउने दाबी पनि गरिन् । 

लामो समयदेखि कुर्सी ओगटेर आराम गरिरहेको चैन मेटाउन समाजवादी गठन भएको उनको भनाइ छ । “कांग्रेस र कम्युनिष्टले जनतालाई धोका दिइरहेका छन्। संविधान आधा भरिएको गिलास हो, अब पूर्णता दिलाएरै छाड्छौँ । संविधान पूर्ण भएको दिन राष्ट्रभक्ति बढ्छ । हिमाल, पहाड र तराईको दूरी छोटिन्छ। देशमा दीपावली हुन्छ,” यादवले भनिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here