प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेको ‘अमर्यादित’ शब्द हटाउनु सभामुखको निर्देशन

काठमाडौं, २७ वैसाख । संसद वैठकमा प्रधानमन्त्रीसँगको सवाल जवाफका क्रममा बोलिएको ‘अमर्यादित’ शब्द संसदको अभिलेखबाट हटाइएको छ ।

गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।

शुक्रबारको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुखले निर्देशन दिए लगत्तै नेकपाका सांसद खगराज अधिकारी उठेर नियमापत्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध गैरसंसदीय शब्दहरु धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने बताएका छन् । सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचालु भएको थियो ।

त्यसदिन प्रधानमन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो । प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here