काठमाडौं– आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । सम्बोधनमा उनले युरोप भ्रमण र अहिले विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिँदै छन् । विदेशबाट फर्किएपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने परम्परा पनि छ ।
स्रोतका अनुुसार प्रधानमन्त्री ओली गुठीसम्बन्धी विधेयक तत्कालका लागि स्थगन गर्ने मनस्थितिमा पुगेका छन् । गुठीसम्बन्धी विधेयकलाई लिएर काठमाडौं उपत्यकाका नेवार समुदाय आन्दोलित छन् । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए ।