विनियोजन बिधेयक बहुमतले पारित

काठमाडौं, १० असार । सरकारले ल्याएको आर्थिक वर्ष २०७६–७७ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव राखेका थिए । बैठकको बहुमतले आज (मंगलबार) बजेट पारित गरेको हो ।

आर्थिक वर्ष २०७६–७७ का लागि अर्थमन्त्री खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट ल्याएका थिए । आगामी वर्षका लागि उनले चालुतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका छन् ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ । सरकारले १९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । यसअघि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here