उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आउँदो मंसिर १४ गते हुने पालिका, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौभरमा दल दर्ता गर्न आह्वान गरेको हो ।

२०७४ सालमा चुनावमा सहभागी हुन दर्ता भएका दलले भने पुनः दर्ता गर्नुनपर्ने आयोगले जनाएको छ । अरु इच्छुक दलले दलको विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना, दल दर्ताका लागि केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदनसहित तोकिएको समयभित्र दल दर्ता गरिसक्न आयोगले आह्वान गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको पार्टी उपचुनावका लागि आयोगमा दर्ता हुनुपर्नेछ । विभिन्न कारणले खाली भएका प्रतिनिधिसभाको एक, प्रदेशसभा साँसदका तीन, उपमहानगरपालिकाको मेयरको एक र गाउँपालिका अध्यक्ष तीन उपाध्यक्ष एक र पालिकाहरुका वडाध्यक्ष ४१ जनाका लागि चुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here