आलमबारे कांग्रेसको प्रतिक्रिया : ‘कानूनबमोजिम हुने कुरामा सहयोग रहन्छ’

नेपाली कांग्रेसले पार्टीका रौतहट सांसद मोहम्मद अफताव आलम प्रकरणमा कानुनअनुसारको कुराहरूमा आफ्नो समर्थन हुने प्रष्टाएको छ।

पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन्

आलमका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा शर्माले भने– ‘कानूनबमोजिम हुने कुरालाई सहयोग रहन्छ, समर्थन रहन्छ ।’

विधिको विषय जे छ, त्यसैअनुरूप कांग्रेस अघि बढ्ने उनको जिकिर छ ।

चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेका कांग्रेस सांसद आलम जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आलमलाई नख्खु कारागारमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here