वीरगन्जमा । नेपाली काँग्रेसका वीरगन्ज नगर सभापति भोला कलवार र प्रदेशसभा सदस्य ओमप्रकाश शर्माबीच सार्वजनिक स्थलमै कुटाकुट भएका छन् । बुधवार बिहान दुई नेताबीच वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टलका अगाडी कुटाकुट भएको हो ।
सडकको वारिपारि रहेर गालीगलौजमा उत्रेका दुई नेताबीच चिया पसलमा पुगेपछि कुटाकुट भएको थियो । पुरानै रिसिपी भएका दुई नेताबीच बुधवार एक्कासि भेट भएपछि कुटाकुट भएको एक स्थानीयले जानकारी दिए ।
पहिले देखि नै दुवै नेताबीच राम्रो सम्बन्ध नरहेको भेट्दा पनि सामान्य
बोलचाल मात्र हुने गरेको प्रत्यक्षदर्शीले बताए । कुटाकुट भएका दुवै नेता
सभापति शेरबहादुर देउवा गुटका हुन् । प्रदेशसभा सदस्य शर्माले धेरै
गालीगलौज गरेपछि रिस थाम्न नसकेर कुटेको नगर सभापति कलवालले बताए ।
उनले भने, ‘हामीबीच कुटाकुट भएको हो । धेरै गालीगलौज गरेपछि रिस थाम्न सकिन अनि कुटाकुट भयौँ ।’
कुटाकुट हुँदा प्रदेशसभा सदस्य शर्मा घाइते भएको प्रतक्षदर्शिले बताए । उनलाई स्थानीयले उद्धार गरेर पठाएका थिए ।