नेकपाले अझै छान्न सकेन सभामुख

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आज सभामुख उम्मेदवारको टुङ्गो लगाउने प्रवल सम्भावना रहेको छ । यसका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफलका लागि जुटिसकेका छन् । ओली र प्रचण्डबीच यसअघि भएको बैठकमा नै यी दुईले अबको सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिइसकेको बताइएको छ । त्यसैले उनले अग्नि सापकोटा, पम्फा भुषालमध्ये एकलाई सभामुखमा अगाडि सार्न सक्ने अनुमान छ ।

नेकपाले उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समयदेखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ । भोलि बस्नेगरी पछिल्लो पटक पुस २७ गते बैठक स्थगित भएपछि नेकपामा पटपटक छलफल भए पनि उम्मेदवार टुंगो लागेको छैन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाले उम्मेदवारको टुंगो लगाउन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेगरी बस्नुपर्ने प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here