ओली र देउवाको भेटमा प्रचण्डको ‘इन्ट्री’

काठमाडौं- विवादास्पद दुई अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रतिपक्षी नेता शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट र छलफल भएको छ। छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका थिए।

पूर्वप्रधानमन्त्री देउवाले अध्यादेश, लकडाउनलगायत थुप्रै विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताए।

प्रतिपक्षलगायत कांग्रेसलगायत नेकपाभित्रैको विरोधका कारण प्रधानमन्त्री ओली पाँच दिनमै अध्यादेश खारेज गर्न बाध्य भएका थिए।

नेताहरुबीच कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here