राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।  प्रधानमन्त्री ओ‌ली शनिबार अपारन्ह साढे ४ बजे राष्ट्रपतिलाई भेट्न शितल पुगेका हुन्  । शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए । त्यसलगत्तै उनी राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । आज बस्ने सचिवालय बैठक नेकपाको जारी विवाद मिलाउन निर्णायक हुने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here