लकडाउनबारे मंगलवार बस्ने उच्चस्तरीय समितिले निर्णय गर्ने

वैशाख २२ । वैशाख २५ गतेपछि जारी ‘लकडाउन’को स्वरुप कस्तो बनाउने भन्ने विषयमा सरकार अलमलमा परेको छ । लकडाउनको स्वरुपलाई परिवर्तन गर्न चौतर्फी दबाब बढेपनि सरकारले अब कसरी अघि बढ्ने भन्ने विषय टुंग्याउन सकेको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा २५ गते पूरा हुने लकडाउनपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र विगतको कामको समीक्षा भएपनि ठोस निष्कर्ष भने निस्कन सकेन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गृह मन्त्रालयको आग्रहमा लकडाउनको ‘मोडालिटी’ कस्तो बनाउने भन्ने गृहकार्यको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको बताए । मंगलबार (भोलि) बस्ने उच्चस्तरीय समितिको बैठकले खाका तयार गरेर मन्त्रिपरिषद्मा बुझाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here