भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयको कुटनीतिक नोट

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि नेपालले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालय बोलाएर सोधपुछ गरेको छ ।   यो विषयमा जानकारी लिइएको र परराष्ट्र मन्त्री प्रदीप ज्ञवादीले राजदूत क्वात्रासँग यसरबारे सोधपुछ गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।  परराष्ट्रका ती अधिकारीका अनुसार राजदूत क्वात्रालाई कूटनीतिक नोट पनि दिइएको छ ।  पछिल्लो समय सीमा विवाद निम्तिएपछि नेपाल सरकारले राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here